ट्रम्पले जित्ने देखेपछि मक्ख छन् एलन मस्क

वासिङ्टन डीसी । अमेरिकाको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । मतगणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित्ने निश्चित प्रायः छ ।
यसैबिच अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले रमाइलो फोटो पोस्ट गरेका छन् । यस अघि नै उनले ट्रम्पसँग गफ गरिरहेको फोटो हालेका थिए ।
माइक्रो बलगिङ वेबसाइट एक्समा मस्कले एउटा पोस्ट शेयर गरेका छन् । यो पोस्टमा मुस्कुराइरहेका मस्क दुवै हातमा बेसिनको सिंक लिएर गइरहेको देखिन्छ ।
यसको क्याप्सनमा उनले ‘लेट द्याट सिंक इन’ भन्ने उखान लेखेका छन् । यसको अर्थ यतिबेला सारा विश्वको ध्यान अमेरिकी राष्ट्रपति निर्वाचनमा छ । यो चुनावमा मस्क खुलेर ट्रम्पको पक्षमा लागेका छन् ।
कयौँ पटक उनी ट्रम्पको चुनावी र्यालीमा सहभागी भएका थिए । एक्समा उनले ट्रम्पको समर्थनमा कयौँ पोस्ट गरेका छन् ।
ट्रम्पको पक्षमा मत जुटाउन उनले स्वीङ्ग स्टेटमा दिनहुँ एक मतदातालाई १० लाख डलर बाँड्ने योजना नै चलाएका थिए । आफू दोहोर्याएर ह्वाईट हाउस छिरे भने मस्कलाई मन्त्री बनाउँछु भनेर ट्रम्पले यस अघि नै वाचा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने