उपनिर्वाचन
उम्मेदवार छान्न रास्वपाद्वारा ‘प्राइमरी इलेक्सन’को कार्यतालिका सार्वजनिक
बिहीबार, २२ कात्तिक २०८१, १७ : ४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’ (प्रारम्भिक निर्वाचन) मार्फत गर्ने भएको छ ।
रास्वपाले त्यसका लागि प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने कार्यतालिका तय गरेको जानकारी दिए ।
त्यसका लागि कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखेर नामावली प्रकाशन, दाबी विरोधलगायतको प्रक्रिया पूरा गरेर कात्तिक २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।
यस्तै उम्मेदवारको टुंगो लगाउन कात्तिक २८ गते मतदान भएर अन्तिम नतिजा कात्तिक २९ गते दिउँसो १ बजे प्रकाशित गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण