नेपाल प्रिमियर लिग क्रिकेट
नेपाल प्रिमियर लिग क्रिकेटको मुख्य प्रायोजक सिद्धार्थ बैंक हुने
शुक्रबार, ३० कात्तिक २०८१, १७ : ३४
काठमाडौँ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग क्रिकेटलाई मुख्य प्रायोजक सिद्धार्थ बैंक हुने भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग क्रिकेटलाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गर्ने भएको छ ।
शुक्रबार अयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका सचिव पारस खड्का उक्त जानकारी दिएका हु्न् ।
खड्काका अनुसार सो बैंकसँग ५ वर्षका लागि सम्झौता भएको हो । अब पाँच वर्षसम्म एनपीएल सिद्धार्थ बैंकले नै मुख्य प्रायोजन गर्ने भएको छ । सचिव खड्काले कति रकममा सम्झौता भएको खुलाउना चाहेनन् तर उनले नेपाली खेलकुदको इतिहासमा कृतिमान रकममा प्रायोजन सम्झौता भएको जानकारी दिए ।
एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण