कीर्तिपुरको मेयरमा १५ जनाले दिए उम्मेदवारी
आइतबार, ०२ मङ्सिर २०८१, १५ : १३
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको स्थानीय तह उपनिर्वाचनका लागि मेयर पदमा आइतबार दिउँसो ३ बजेसम्म १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
१५ मध्ये स्वतन्त्र उम्मेदवार ८ र दलका तर्फबाट ७ जनाले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । दलका तर्फबाट एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै कीर्तिपुर नगरपालिकाको ४ नम्बर वडाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । जसमध्ये स्वतन्त्र ४ र दलगत ६ जना रहेका छन् । त्यसैगरी वडा नम्बर १ को वडाध्यक्षका लागि २ स्वतन्त्र र ५ जना दलकातर्फबात उम्मेदवारी परेको छ ।
मनोनयन दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ । आगामी मंसिर १६ गते विभिन्न स्थानीय तहका ४२ पदका लागि मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण