मस्कसँगै स्टारशिपको परीक्षण प्रक्षेपण हेर्न पुगे ट्रम्प
वासिङ्टन डीसी । अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी खर्बपति व्यापारी व्यापारी एलन मस्क पछिल्ला दिनमा प्रायः सँगै देखिन्छिन् । जितपछि ट्रम्पको निजी निवासमा दिइएको पार्टी होस् वा अल्टिमेट फाइटिङ्ग च्याम्पियनसिप (युएफसी) वा म्याकडोनल्ड्जमा खाजा खान । धेरै जसो ठाउँमा अचेल यी दुई साथसाथै देखिन्छन् ।
यसैबिच ट्रम्प मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको स्टारशिपको परीक्षण हेर्न पुगेका छन् । स्पेशशिपको स्टारशिप अन्तरिक्ष यानको छैटौँ परीक्षण हेर्न ट्रम्प मस्कको साथमा साउथ टेक्ससमा पुगेका थिए । यस पटकको परीक्षणको नतिजा मिश्रित रहेको छ ।
केही सफलता र केही निराशा हात पर्यो । रकेट सही समयमा आकाशमा पुगे पनि पाँचौँ परीक्षणमा जस्तो सफलता यस पटक हात परेन । स्टारशिप लञ्चप्याड छाड्ने अहिलेसम्मकै ठुलो यान यान हो । यस पटकको राष्ट्रपति निर्वाचनमा मस्कले खुलेर ट्रम्पको साथ दिएका थिए । ट्रम्पलाई जिताउन उनले पैसाको खोलै बगाएका थिए ।
ट्रम्पले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ तारा’ पनि भनेका थिए । आफ्नो आगामी प्रशासनमा उनले मस्कलाई विवेक रामास्वामीको साथमा सुशासन प्रभावकारिता विभाग (डज)को एक प्रमुख बनाएका छन् । डज सरकारको आधिकारिक विभाग नहुने तर यी दुईले सल्लाहकारको भूमिका निर्वाह गर्ने ट्रम्पले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण