युक्रेनलाई ल्यान्ड माइन दिन सहमत भए बाइडेन
वासिङ्टन डीसी । अमेरिकाको नेतृत्वबाट बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेन युक्रेनलाई ‘एन्टी पर्सनल’ ल्यान्ड माइन उपलब्ध गराउन सहमत भएका छन् । अमेरिकी रक्षा विभागका एक अधिकारीले यो कुरा पुष्टि गरेको भन्दै बीबीसीले समाचार छापेको छ । यस्ता खानीहरू छिट्टै युक्रेनलाई हस्तान्तरण गरिने र युक्रेनको सीमाभित्र प्रयोग हुने अमेरिकाको अपेक्षा रहेको नाम नबताउने सर्तमा उनले बताए ।
सघन जनसङ्ख्या भएको क्षेत्रमा यस्ता खानी प्रयोग नगर्न युक्रेन कटिबद्ध रहेको ती अमेरिकी अधिकारीले बताएका छन् । पछिल्लो केही महिनादेखि युक्रेनको पूर्वतर्फ तीव्र गतिमा अघि बढिरहेको रुसी सेनालाई रोक्न यो निर्णय गरिएको मानिएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । यसभन्दा दुई महिना अगाडि नै वर्तमान अमेरिकी राष्ट्रपतिले युक्रेनलाई अमेरिकी सहयोगमा नयाँ निर्णय लिइरहेका छन् ।
केही दिनअघि मात्रै अमेरिकाले युक्रेनलाई रुसभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको थियो । युक्रेनले अमेरिकाले दिएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गरी रुसभित्र आक्रमण गरेको रुसले मङ्गलवार जनाएको छ । रुस–युक्रेन युद्धमा युक्रेनलाई सहयोग नगर्न रुसले पश्चिमी देश र नेटो सदस्य राष्ट्रहरूलाई चेतावनी पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण