बीआरआईबारे एमाले र कांग्रेसबिच ‘डिफरेन्सेस’ छ, तर समझदारीमा पुग्छौँ : उपमहासचिव ज्ञवाली
बुधबार, ०५ मङ्सिर २०८१, १६ : ०५
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबिच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)बारेको बुझाइमा केही भिन्नता रहेको बताएका छन् । बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले बीआरआईबारे यस्तो टिप्पणी गरेका हुन् ।
‘बीआरआईमा हामीले ९ परियोजना छानेका छौँ, तर फन्डिङ मोडालिटीमा प्रवेश नै गरेका छैनौँ’, ज्ञवालीको भनाइ छ ।
उपमहासचिव ज्ञवालीले बीआरआईबारे सत्तारुढ दल कांग्रेस र एमालेबिच बुझाइमा एकरुपता नरहेको स्वीकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि एउटा समझदारीमा पुग्ने दाबी गरे । ‘अलिअलि डिफरेन्सेस छ तर प्रधानमन्त्रीको भ्रमणअघि नै हामी एउटा समझदारीमा पुग्छौँ,’ज्ञवालीको विश्वास छ ।
उनले पहिला नै हस्ताक्षर गरेको बीआरआई अहिले गिजोल्न नहुनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण