सूर्यदर्शन सहकारी प्रकरण : रिसेप्सनिस्टको २६ करोडको बैंकिङ कारोबार
काठमाडौँ । पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी लीला पछाईको बैंक खाताको विवरण प्रहरीले सङ्कलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको क्रममा प्रहरीले उनको बैंक खाताको विवरण सङ्कलन गरेको हो ।
गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएर ललितपुर बस्ने पछाईले २६ करोडको बैंकिङ कारोबार गरेको भेटिएको छ । विभिन्न बैंकमा उनले २६ करोडको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग निकट मानिने पछाईले दुईवटा हाउजिङमा ३ करोड लगानी गरेको भेटिएको छ । पछाईले पोखराको लेखनाथ र भक्तपुरमा हाउजिङमा लगानी गरेकी हुन् । उनी सूर्यदर्शन सहकारीमा रिसेप्सनिस्टको जागिर खान्थिन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘बैंकमा रकम छैन तर, क्रिप्टोको खातामा केही रकम मौज्दात रहेको भेटिएको छ ।’
३२ वर्षीया पछाई असोज १५ मा ललितपुरको खुमलटारबाट पक्राउ परेकी थिइन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाताको विवरण पनि प्रहरीले सङ्कलन गरेको छ । प्रहरीका एकजना उच्च अधिकृतका अनुसार रवि र निकिताले करिब २१ करोड बराबरको रकम बैंक मार्फत कारोबार गरेको फेला परेको छ । रवि लामिछानेले ग्लोबल आईएमी बैंकमार्फत ८ करोड २६ लाख ९९ हजार र सिद्धार्थ बैंकमा २ करोड १० लाखको कारोबार गरेका हुन् ।
निकिता पौडेलले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक मार्फत कारोबार गरेको भेटिएको छ । सो रकम उनीहरूले २०१२ भन्दा पछि कारोबार गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण