ओलम्पिक कमिटीको कार्यालयमा प्रहरी परिचालन
काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालयमा प्रहरी परिचालन गरिएको छ । ओलम्पिक कमिटीको गैरकानुनी ढंगले निर्वाचन हुन लागेको र यस सम्बन्धमा शान्ति सुरक्षा कायम गरिदिन भन्दै खेलकुद मन्त्रालयले गृह मन्त्रालयमा गरेको पत्राचारका आधारमा कमिटीको कार्यालयमा प्रहरी परिचालन गरिएको हो ।
पुस १३ गते ओलम्पिक कमिटीको निर्वाचन हुन लागेको र त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम थियो । तर, गृहको निर्देशनपछि प्रहरी कार्यालयमा पुगेर मनोनयन दर्तालगायतका काम कारबाहीलाई रोकेको बताइएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले गृहको निर्देशनअनुसार सातदोबादोस्थित कार्यालयमा प्रहरी खटाइएको जानकारी दिए ।
उच्च अदालतको आदेश विपरीत अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ कार्यकालका लागि प्रक्रिया अघि बढाएपछि ओलम्पिक कमिटीमा विवाद उत्कर्षमा छ । यही विवादका कारण स्विजरल्याण्डमा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले समेत केही दिनअघि नेपाल ओलम्पिक कमिटीलाई पत्राचार गर्दै यसअघि भएको साधारण सभालाई वैधानिकता दिन अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण