७ पटक राष्ट्रिय चलचित्र पुरस्कार विजेता श्याम बेनेगलको निधन
सोमबार, ०८ पुस २०८१, २० : २८
मुम्बई । भारतीय सिनेमाका प्रसिद्ध फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको सोमबार मुम्बईमा निधन भएको छ । उनले ९० वर्षको उमेरमा अन्तिम श्वास फेरे ।
उनले ७ पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । श्याम बेनेगलका फिल्महरूले भारतीय सिनेमालाई उत्कृष्ट अभिनेताहरू दिए, जसमध्ये नसिरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायांकनकर्ता गोविन्द निहलानी छन्।
जवाहरलाल नेहरू र सत्यजित रेमाथि डकुमेन्ट्री बनाउनुका साथै उनले दूरदर्शनका लागि 'यात्रा', 'कथा सागर' र 'भारत एक खोज' सिरियलहरू पनि निर्देशन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण