७ पटक राष्ट्रिय चलचित्र पुरस्कार विजेता श्याम बेनेगलको निधन
सोमबार, ०८ पुस २०८१, २० : २८

मुम्बई । भारतीय सिनेमाका प्रसिद्ध फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको सोमबार मुम्बईमा निधन भएको छ । उनले ९० वर्षको उमेरमा अन्तिम श्वास फेरे ।
उनले ७ पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । श्याम बेनेगलका फिल्महरूले भारतीय सिनेमालाई उत्कृष्ट अभिनेताहरू दिए, जसमध्ये नसिरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायांकनकर्ता गोविन्द निहलानी छन्।
जवाहरलाल नेहरू र सत्यजित रेमाथि डकुमेन्ट्री बनाउनुका साथै उनले दूरदर्शनका लागि 'यात्रा', 'कथा सागर' र 'भारत एक खोज' सिरियलहरू पनि निर्देशन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा