शृङ्खलाबद्ध खराब नतिजापछि रुनीले छाडे क्लब
लण्डन । खराब प्रदर्शनपछि वेयन रुनीले आपसी सहमतिमा च्याम्पियनसिप क्लब प्लीमथ आर्गायल एफसीको नेतृत्व छाडेका छन् । रुनीले गत मे मा क्लबको नेतृत्व सम्हालेका थिए ।
३९ वर्षीय इंग्ल्याण्डका पूर्वकप्तानको नेतृत्वमा क्लबले २३ वटा च्याम्पियनसिप खेलमध्ये मात्र ४ वटामा जित र १३ खेलमा हार बेहोरेको थियो । यसअघि बर्मिङह्याम सिटीमा पनि रुनी मात्र ८३ दिन टिकेका थिए । त्यहाँ १५ खेलमा उनको टोली ९ खेलमा पराजित भएको थियो ।
शुक्रबार अक्सफोर्ड युनाइटेडसँगको हारपछि उनी र उनको खेलाडीहरूविरुद्ध समर्थकहरूले नाराबाजी गरेका थिए । नोभेम्बरको सुरुवातदेखि टोली जितविहीन रहँदै आएको थियो । ९ खेलमा टोलीको यो छैटौँ हार थियो । रुनीको नेतृत्वमा प्लीमथ दोस्रो डिभिजनको रेलिगेसन क्षेत्रमा पुगेको छ । टोलीले इंग्ल्याण्डका शीर्ष चार डिभिजनमा सबैभन्दा कम गोल गर्नुका साथै सबैभन्दा धेरै गोल खाएको छ ।
रुनीसँगै सहायक हेड कोच माइक फेलान र फर्स्ट टिम कोच साइमन आयरल्याण्डले पनि क्लब छाडेका छन् । अब फर्स्ट टिम कोच केभेन नानकेभिल र क्लब कप्तान जो एडवर्डले टोलीको नेतृत्व गर्नेछ । टोलीले बुधबार घरेलु मैदानमा ब्रिस्टल सिटीको सामना गर्दैछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण