यी हुन् २०२४ मा धेरै कमाउने ३ भारतीय फिल्म
मुम्बई । वर्ष २०२४ बिदा भएसँगै २०२५ को आगमन भइसकेको छ । २०२४ लाई फर्किएर हेर्दा भारतीय मनोरञ्जन क्षेत्रका लागि यो वर्ष निकै फलदायी रहेको पाइन्छ ।
यो वर्ष धेरै दमदार फिल्महरू प्रदर्शनमा आएँ । ती फिल्मका कथाले दर्शक रिझाउँदै राम्रो प्रतिक्रिया पाउन सफल भएँ । केही फिल्मले लामो समय बक्सअफिस आफ्नो पकड राख्यो भने केहीले रेकर्ड तोड कमाई गर्यो । यहाँ ती ३ फिल्मको चर्चा गर्न खोजिएको छ । जसले सन् २०२४ मा सबैभन्दा बढी व्यवसाय गर्यो ।
‘पुष्पा २:
अल्लू अर्जुन–रश्मिका मंदाना स्टारर ‘पुष्पा २ : द रुल’ २०२४ मा सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ । करिब ५००करोड (भारु)को अनुमानित बजेटमा बनेको यो फिल्मको विश्वव्यापी कमाई १५०० करोड (भारु)को आंकडा पार गरेको छ । फिल्म अहिले पनि फिल्मघरमा चलिरहेको छ, त्यसैले कमाई र बढ्दो आशा छ । फिल्म २०२१ की सफल फिल्म ‘पुष्पा’को सिक्वेल हो । फिल्ममा फहद फासिल, जगपति बाबू, धनंजय, राव रमेश, सुनील र अनसूया भारद्वाजको पनि मुख्य भूमिका छ ।
कल्कि २८९८ एडी:
अभिनेता प्रभास अभिनीत यो फिल्म ‘कल्कि २८९८ एडी’ २०२४ मा सबैभन्दा धेरै कमाउने फिल्मको दोस्रो नम्बरमा रहन सफल भएको छ । फिल्मले विश्वव्यापी १०४२ करोड (भारु) र भारतमा मात्र ७६७ करोड (भारु) कमाएको छ । फिल्ममा प्रभासको अलवा अमिताभ बच्चन, कमल हासन, दीपिका पादुकोण, दिशा पटानी, ब्रहानन्दम लगायतको अभिनय रहेको थियो ।
स्त्री २:
राजकुमार राव र श्रद्धा कपुर अभिनीत ‘स्त्री २’ २०२४ सबैभन्दा बढी कमाउने भारतीय फिल्मको सूचीमा तेस्रो नम्बरमा पर्छ । फिल्म २०१८ को हिट फिल्म ‘स्त्री’को सिक्वेल हो । हरर कमेडी फिल्मको निर्देशन अमर कौशिकले गरेका हुन् । फिल्ममा अभिषेक बनर्जी, पंकज त्रिपाठी र अपारशक्ति खुरानाको पनि मुख्य भूमिका छ । फिल्मले विश्वव्यापी ८५७.१५ करोड (भारु)कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण