माधव र वामदेवबिच भएको छलफलबाट नेताहरू उत्साहित
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेवबिचको छलफल सकारात्मक भएको नेताहरूले दाबी गरेका छन् । नेपालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी गरे । एकताबारे केही दिनमै सञ्चारमाध्यमलाई जानकारी दिने बताए ।
नेपालसँग निर्णायक छलफल गर्न बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगर पुगेका गौतम निकै उत्साहित देखिएका छन् । यस्तै माधव र गौतमबिच भएको छलफल भएको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि दाबी गरेका छन् । आजको बैठकमा सङ्गठनात्मक भन्दा पनि बढी राजनीति, सैद्धान्तिक पक्षबिच छलफल भएको खतिवडाले जानकारी दिए ।
‘आजको छलफल उच्चस्तरीय सकारात्मक छ । अब केही दिनभित्र एकताको अन्तिम आकार दिइने समझदारी भएको छ । आजको बैठकमा सङ्गठनात्मकभन्दा पनि नीतिगत, राजनीतिक, सैद्धान्तिक छलफल भयो’, रातोपाटीसँग उनले भने, ‘वामदेवजीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचित प्रणालीमा जानुपर्छ भन्ने प्रस्ताव राख्नुभएको छ । उहाँ (वामदेव) को प्रस्तावलाई सकारात्मक रूपमा लिँदै हाम्रा अध्यक्षले यस विषयमा थप छलफल गर्दै जाउँला भन्नुभएको छ । विचारको विश्लेषण गर्ने, राम्रा नराम्रा पक्षमा बहस जारी राख्ने सहमति भएको छ । यही स्पिरिडमा गए एकता प्रक्रिया १५ दिनभित्र सम्पन्न हुन्छ ।’
वामदेवलाई पार्टीभित्र तेस्रो मर्यादामा दिनेगरी सहमति भइसकेको भन्दै बाँकी नेताको व्यवस्थापनका लागि अर्को बैठकमा छलफल गर्ने खतिवडाले जानकारी दिए । यसअघि पुस १५ गते नेपाल र गौतमबिच छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण