ट्रम्पको होटल अगाडि भएको विस्फोट न्यू ओर्लियन्सको आक्रमणसँग जोडिएको थियो ?
वासिङटन डीसी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको लस एञ्जलसमा रहेको होटल अगाडि साइबर ट्रक विस्फोटको घटना न्यू ओर्लियन्समा कारले कुल्चेर १५ जनाकोज्यान गएको मामिलासँग सम्बन्धित थियो कि थिएन भनेर अमेरिकी प्रहरीहरूले छानबिन गरिरहेका छन् ।
लास भेगासमा टेस्लाको साइबर ट्रक विस्फोट हुँदा एक चालकको मृत्यु भएको थियो भने अरू सात जना घाइते भएका थिए । उक्त ट्रकभरि पट्का थिए । घाइते सबैलाई सामान्य चोटपटक लागेको अधिकारीहरूले बताएका छन् ।
उता, न्यू ओर्लियन्समा ४२ वर्षीय अमेरिकी नागरिकले व्यस्त सडकमा भिडमाथि पिकअप ट्रक चलाउँदा १५ जनाको मृत्यु भएको छ । अरू ३५ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर संदिग्धको मृत्यु भएको थियो । यी दुई घटनामा संलग्न दुवै ट्रक कार भाडामा दिने कम्पनी टूरोबाट भाडामा लिइएको थियो । यी दुई घटनाबिच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धानकर्ताहरूले छानबिन गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् । तर अहिलेसम्म यसको कुनै क्लु भेटिएको छैन । लस एञ्जलसको घटनामा संलग्न साइबर ट्रक कोराडोमा भाडामा लिइएको थियो ।
ट्रक बुधबार बिहान विस्फोट हुनुभन्दा दुई घण्टा अगाडि मात्रै लस एञ्जलसमा आइपुगेको थियो । ट्रक ट्रम्पको होटलमा रहेको सिसाको द्वारको ठ्याक्कै अगाडि पार्क गरिएको थियो । यो घटना न्यू ओर्लियन्सको घटनाको एक घण्टापछि भएको थियो । यी दुवै घटना जोडिएका छन् कि भनेर अधिकारीहरूले छानबिन गरिरहेको लास भेगास प्रहरी विभागका शेरिफ केभिन म्याकमाहिलले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण