एमाले केन्द्रीय कमिटी : दोस्रो दिनको बैठक जारी
सोमबार, २२ पुस २०८१, १४ : ५१
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदनमाथि पहिलो दिन २७ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना कुरा राख्न तीन मिनेटको समय छुट्याइएको छ । तीन मिनेटमा आफ्ना कुरा नसकिए अटमेटिक माइक काटिने व्यवस्था गरेको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण