च्याटजीपीटी एआईमार्फत ट्रम्पको होटल अगाडि विस्फोट गराइएको थियो मस्कको साइबरट्रक
वासिङ्टन डीसी । नयाँ वर्षको दिनमा अमेरिकाको लस भेगासस्थित नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटल बाहिर खर्बपति व्यापारी एलन मस्कको टेस्ला कम्पनीको साइबर ट्रकमा विस्फोट गराइयो । सो घटनामा चकित पार्ने खुलासा भएको छ ।
जाँच अधिकारीहरूले बताएअनुसार अमेरिकी सेना संलग्न यस घटनामा ट्रकलाई विस्फोट गराउन च्याटजीपीटीसमेतका जेनरेटिभ एआईको प्रयोग गरिएको दाबी लस भेगास प्रहरीले गरेको हो । विस्फोटमा ३७ वर्षीय म्याथ्यु लिभेल्सबर्गरको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए ।
लिभेल्स्बर्गर सेनाको विशेष बल ‘ग्रिन बेरेट्स’का मास्टर सर्जेन्ट थिए । जर्मनीमा खटाइएका लिभेल्स्बर्गर घटनाको समयमा छुट्टीमा अमेरिका आएका थिए ।
लिभेल्स्बर्गरको कसैको हत्या गर्ने नियत नभएको पनि अनुसन्धान अधिकारीहरूले बताएका छन् । साइबर ट्रक विस्फोट गराउने एआईएको प्रयोगलाई लस भेगास महानगरीय प्रहरी विभागका शेरिफ केभिन म्याकमहिलले ‘गेम चेञ्जर’ भनेका छन् । यस छानबिनका जानकारी अन्य केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँग शेयर गरिरहेको पनि म्याकमहिलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण