‘प्रेम छ पनि छैन पनि, सबै खोल्न मिल्दैन’
काठमाडौं– अभिनेता गजित विष्ट केही समयदेखि ‘हैरान’मा छन् । उनी अन्य केही कारणले हैरानीमा परेका भने होइनन् । उनको पछिल्लो निर्माण अभिनय रहेको चलचित्र ‘हैरान’का कारणले उनले हैरानी खेपेका हुन् । अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र दर्शकले रुचाएको उनको भनाइ रहेको छ ।
२०५८ मा बी.बी.एस. पढ्दै गर्दा हिरो बन्ने लक्ष्य लिएर काठमाडौं छिरेका गजितले निर्माण गरेको ‘हैरान’ दोस्रो चलचित्र हो । चलचित्र प्रदर्शन भइरहँदा उनी प्रचारका लागि अन्तरवार्ता दिन रातोपाटीको कार्यलयमा पनि आएका थिए । यसै चलचित्रकी अभिनेत्री आरोही शर्मा उनको साथमा थिइन् । दुवै एकसाथ हुँदा जोडी गजब्बको देखिन्थ्यो ।
अन्तरवार्तामा एकसाथ देखिए यो जोडीको चलचित्रभित्र प्रेम र रोमान्स पनि राम्रै होला नि ? ‘छैन पनि भन्न मिल्दैन, छ पनि । अहिले सबै खोल्न मिल्दैन । यो थाहा पाउन ‘हैरान’ हेर्नुपर्ने हुन्छ ।’ प्रश्न राख्न नपाउँदै अभिनेत्री आरोहीले भनिन् । आरोहीको बोली नसकिँदै गजिटले थपे ‘हामीलाई विश्वास गर्नुस् । हैरानले कसैलाई निरास पार्दैन ।’
‘हैरान सबैको कथामा निर्माण भएको चलचित्र हो’ गजितले भने– ‘चलचित्र हेर्ने सबैले आफ्नो कथा पाउँनेछन् ।’
गजितले थुप्रै चलचित्रबाट अभिनयमा आफूलाई प्रमाणित गरिसकेका छन् । आरोहीको भने यो डेब्यु चलचित्र हो । पहिलो चलचित्रमा आफूले राम्रो भूमिका पाएको आरोहीले सुनाइन् । ‘हैरानमा मैले दोहोरो भूमिका निर्वाह गरेकी छु । पत्रकार र जासुसको’ आरोहीले भनिन् ‘दुवै भूमिका दर्शकले रुचाइरहेका छन् ।’
विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशन रहेको हैरान अगाडि रातोपुल वानेश्वर निवासी आरोहीले सर्वनाम थिएटर नाटक घरबाट तीन महिने अभिनय कोर्स पूरा गरेकी छिन् । एक नाटक अभिनय गरेको अनुभवसहित उनी अभिनयमा होमिएकी हुन् ।
गजितले भने आफ्नो भूमिका खुलाएनन् । उनले भने, ‘आरोहीको भूमिका थाहा पाइहाल्नुभयो । मेरो भूमिका पनि खुल्यो भने चलचित्र हेरेको मज्जा नै हुँदैन ।’
‘हैरान’मा गजित र आरोहीको अलवा पुष्कर रेग्मी, निश्मा घिमिरे, सत्यराज आचार्य, निर्मल शर्मा, सरोज खनाल, बुद्धि तामाङ (हैट), सागर लम्साल (बले), विनोद पौडेललगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।
‘हैरान’ चलचित्रका अभिनेता गजित र अभिनेत्री आरोहीसँगको थप कुराकानी भिडियोमा :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण