सार्कको प्रगतिबारे सुनिताको प्रश्नमा आरजुको जवाफ : यो हाम्रो हातको कुरा होइन
सोमबार, २९ पुस २०८१, १३ : ३६
काठमाडौँ । सांसद सुनिता बरालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा नेपालले गरेको कामबारे सरकारले प्रस्ट पार्नुपर्ने बताएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री आरजु राणासँग सो आग्रह गरेकी हुन् ।
बरालले प्रश्न गरिन्- ‘सार्कमा कति काम गरेका छौँ ? विमस्टेक मात्र भन्दा सार्क ओझेलमा ? यसमा के छ प्रगति ?’
बरालको प्रश्नमा परराष्ष्ट्रमन्त्री राणाले यो आफूहरूको हातमा नरहेको र नेपालका कारण नरोकिएको बताइन् । उनले भनिन्– ‘सार्कको चार्टरमै सबैको सहमति हुनुपर्छ लेखेको छ । मैले सेप्टेम्बरमा भारत जाँदा कुरा उठाएको हो । जयशंकरजीले भन्नुभयो तिम्रो देशमा नागरिक मारेको भए मिटिङ राख्थ्यौ भन्नुभयो, अनि मैले केही भनिन। यो हाम्रो कारणले रोकिएको हैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण