रुसमाथि युक्रेनले गर्यो अहिलेसम्मकै ठुलो हमला, रुस भन्छ: चाँडै बदला लिन्छाैँ
बुधबार, ०२ माघ २०८१, ०८ : ३९
किभ । युक्रेनले रुसका कयौं स्थानमा आक्रमण गरेको छ । सन् २०२२ को शुरुमा दुई देशबीच युद्ध शुरु भएयताको यो सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनको छ । धेरै क्षेत्रहरूमा गोलाबारुदका डिपो र रासायनिक प्लान्टहरूलाई लक्षित गरिएको युक्रेनी सशस्त्र बलले बताएको थियो । यीमध्ये केही सीमाबाट सयौँ किलोमिटर टाढा थिए ।
युक्रेनको गुप्तचर निकायले बीबीसीलाई बताएअनुसार यो आक्रमण रुसी क्षमतामाथि पीडादायी प्रहार थियो । तर युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्टर्म श्याडो क्रुज मिसाइललाई खसालेको दाबी रुसको छ ।
यो आक्रमणको जवाफ दिने रुसले बताएको छ । युक्रेन आक्रमणका कारण दक्षिणपश्चिमी रुसी शहर साराटोभमा विद्यालयहरू बन्द गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण