तेस्रो दिन सकिएको टेस्टमा पाकिस्तानसँग केही लागेन वेस्ट इन्डिजको
काठमाडौँ । पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानले भ्रमणकारी टोली वेस्ट इन्डिजलाई एक सय २७ रनले हराएको छ । दुई सय ५१ रनको विजयलक्ष्य पछ्याएको क्यारेबियन टोली पहिलो टेस्टको तेस्रो दिन आइतबार आफ्नो दोस्रो पालीमा केवल एक सय २३ रन बनाउँदै अलआउट हुन पुग्यो ।
जितसँगै घरेलु टोली पाकिस्तानले दुई टेस्टको शृंखलामा १–० को अग्रता पनि लिएको छ । दोस्रो टेस्ट जनवरी २५ तारिखमा मुल्तानमै सुरु हुनेछ । दोस्रो पालीमा वेस्ट इन्डिजका लागि एलिक अथान्जवाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । अथान्जले अर्धशतक बनाए ।
उनले टोलीको खातामा ५५ रन थपे । यस क्रममा उनले ६८ बलको सामना गरी सात चौका पनि हिर्काए । पाकिस्तानी टोलीका बलर साजिद खानले पाँच र अबरर अहमदले चार विकेट लिए । नोमन अलीले पनि एक विकेट हात पारे ।
त्यसअघि, पाकिस्तानी टोली आफ्नो दोस्रो पालीमा एक सय ५७ रन बनाउँदै अलआउट भएको थियो । पाकिस्तानका लागि दोस्रो पालीमा ओपनर सान मसुदले अर्धशतक बनाए । कप्तान सान मसुदले ५२ रनको योगदान गरे ।
उनले ७० बलमा दुई छक्का र दुई चौका पनि प्रहार गरे । क्यारेबियन टोलीका बलर जोमेल वारिकन एक्लैले सात विकेट लिए । उनले १८ ओभरमा तीन मेडन राख्दै ३२ रन खर्चिए । गुडाकेश मोटीले पनि एक विकेट लिए ।
त्यसअघि, क्यारेबियन टोली आफ्नो पहिलो पालीमा एक सय ३७ रन बनाउँदै अलआउट भएको थियो । वेस्ट इन्डिजका लागि पहिलो पालीमा जोमेल वारिकनले सर्वाधिक अविजित ३१ रन बनाए । पाकिस्तानी बलर नोमन अलीले पाँच र साजिद खानले चार विकेट लिए ।
त्यसअघि, मुल्तानमा टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले पहिलो पालीमा दुई सय ३० रन बनाएको थियो । पहिलो पालीमा पाकिस्तानका लागि साउद सकिल र मोहम्मद रिजवानले उत्कृष्ट अर्धशतक बनाएका थिए ।
साउद सकिलले ८४ रन बनाए । उनले एक सय ५७ बलको सामना गरी ६ चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले पनि ७१ रन बनाए । उनले एक सय ३३ बलको सामना गरी नौवटा चौका हिर्काए । क्यारेबियन टोलीका बलर जोमेल वारिकन र जेडन सिलेसले तीन–तीन विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026