चेकिङमा प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको घटना छानबिन गर्न समिति
सोमबार, ०७ माघ २०८१, ०९ : २१

काठमाडौँ । सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन थालिएको छ । दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेले सो घटना चितवनको भनेका छन् । सो घटनाबारे छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।
एसपी मिश्र भन्छन्, ‘घटना चितवनको भनिएको छ, त्यसबारे समितिले तथ्य पत्ता लगाएर प्रतिवेदन दिएपछि संलग्न प्रहरी कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाले विरोध जारी राख्ने
-
हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर
-
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति
-
‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा कोपिला भ्याली छनोट
-
२०२६ महिला टी-२० विश्वकप : भारत-पाकिस्तान भिडन्त जुन १४ मा