सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु
आइतबार, १३ माघ २०८१, १४ : ०१
खार्तुम । सुडानको अल फशर शहरको एक अस्पतालमा भएको ड्रोन आक्रमणमा झण्डै ७० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा यो जानकारी दिएका हुन् ।
सुडानको अल फशरमा रहेको साउदी अस्पतालमा भएको भयानक आक्रमणमा १९ जना घाइते भएको ७० जना बिरामी र उनीहरूका कुरुवा मारिएका उनले पोष्टमा लेखेका छन् । आक्रमणको समयमा अस्पतालमा बिरामीहरू खचाखच थिए ।
पोष्टमा उनले आक्रमण कसले गरेको थियो भनेर भनेका छैनन् । तर, स्थानीय अधिकारीहरूले आक्रमणको लागि विद्रोही ‘यापिड सपोर्ट फोर्सलाई दोष लगाएका छन् । आरएसएफले तुरुन्तै आरोप स्वीकार गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण