मधेसी मोर्चाको साझा मुद्दा र आचारसंहिता तयार गर्न कार्यदल गठन
काठमाडौँ । मधेसवादी दलको आठ दलीय मोर्चाले साझा मुद्दा तथा आचारसंहिताको मस्यौदा तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको बैठकले सो कार्यदल गठन गरेको हो ।
कार्यदलमा जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमन, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा र जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा. शिवजी यादव रहेका छन् ।
बैठकमा सबैको दलको तर्फबाट मोर्चाको साझा मुद्दाको बारेमा छलफल गरिएको थियो । मोर्चाबाट कुन कुन मुद्दा उठाउने विषयमा छलफल भएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए । संविधान संशोधन, संसदमा प्रस्तुत विधेयक, सुशासन, निर्वाचन प्रणाली, दैनिक जीविका, राज्य पुनः संरचना, नागरिकतालगायतका विषयमा कुरा उठेको थियो । दलका नेताहरूले व्यक्त गरेको साझा मुद्दाकै आधारमा मसौदा तयार गर्ने प्रवक्ता सुमनले बताए ।
कांग्रेस–एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने कुरा गरेपछि मधेस केन्द्रित दलहरू संगठित हुन थालेका छन् । आठ दलीय मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा पार्टी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण