दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान

लाहोर । दक्षिण अफ्रिकाका नयाँ ब्याट्सम्यानले विश्व कीर्तिमान बनाएका छन्। गद्दाफी रंगशालामा डेब्यु गर्ने खेलाडीको इनिङ्स हेर्ने जोकोही २६ वर्षीय ब्याट्सम्यानबाट प्रभावित भए। उनको नाम म्याथ्यू ब्रिट्ज्के हो।
त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकी ब्याट्सम्यानले शतक प्रहार गर्दै सबैको ध्यान खिचे।
ब्रिट्ज्केको इनिङ्ससामु किवी टोलीको बलियो बलिङ आक्रमण प्रभावहीन देखिन्थ्यो। ब्रिट्ज्केले दक्षिण अफ्रिकाका लागि एक टेस्ट र १० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, तर उनले आज पहिलो पटक ५० ओभरको ढाँचामा न्युजिल्याण्डविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाए।
ब्रिट्ज्केले अवसरलाई सदुपयोग गर्दै १४८ बलको सामना गर्दै १५० रनको शानदार इनिङ्स खेले। ब्रिट्ज्केको नाममा आफ्नो एकदिवसीय डेब्यूमा सर्वाधिक रन बनाउने कीर्तिमान बनेको छ ।
योसँगै उनी एकदिवसीय डेब्यूमा १५० रन बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन्। उनले वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान डेसमन्ड हेन्सको रेकर्ड तोडे। डेसमन्डले १९७८ मा एकदिवसीय क्रिकेटमा डेब्यू गर्दा १४८ रन बनाएका थिए। कप्तान टेम्बा बाभुमासँग इनिङको सुरुवात गर्दै म्याथ्यू ब्रिट्ज्के सुरुदेखि नै राम्रो लयमा थिए ।
ब्रिट्ज्केले जेसन स्मिथसँग दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरे। यसपछि, उनले वियान मुल्डरसँग मिलेर चौथो विकेटको लागि शतकीय साझेदारी गरे। ब्रिट्ज्केले ११ चौका र पाँच छक्का प्रहार गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता