छोरालाई काँधमा बोकेर ह्वाइट हाउस पुगेका मस्कले ट्रम्पसामु के भने ?
अमेरिका । अमेरिकाकी सरकारमा सरकारी दक्षता विभागका प्रमुखका रूपमा रहेका टेस्ला र स्पेस एक्सका सीईओ एलन मस्कको एउटा भिडियो सामाजिक सञ्जालमा तीव्र गतिले भाइरल भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालय ह्वाइट हाउसमा उनी भिन्नै शैलीमा देखापरेका थिए । जहाँ उनले छोरालाई काँधमा राखेर ट्रम्पको अगाडि उभिएको देखिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्राविधिक अर्बपति सहयोगी मस्क मंगलबार अचानक ह्वाइट पुगेका थिए ।
त्यहाँ मस्कले अमेरिकी सरकारको शत्रुतापूर्ण अधिग्रहणको नेतृत्व गर्न अस्वीकार गरे । साथै मस्कले आफ्नो लागत कटौती योजनाहरूको पनि बचाउ गरे । उनले बजेट कटौती नगरी अमेरिका ऋण तिर्न असमर्थ हुने पनि त्यहाँ बताए ।
उनले हालैका दिनहरूमा संघीय खर्च कटौती गर्ने उद्देश्यले धेरै आदेशहरू जारी गरेका छन्। मस्कले अमेरिकी बजेट घाटालाई औंल्याउँदै गत आर्थिक वर्षमा १८ ट्रिलियन डलरमाथि भएको बताए । जबकि, उनले सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानी गर्ने लक्ष्य पनि लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण