वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
बुधबार, ३० माघ २०८१, २२ : ५१

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबासकी ३० वर्षीया रोश्मी सोती पक्राउ परेकी छिन् ।
रु छ लाख ४० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई आज काठमाडौँ वनस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको विभागका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
-
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’
-
देवानगञ्ज : कृषि क्रान्तिको भूमि, जहाँ एक कट्ठा जमिन पनि छैन बाँझो
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त