बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

पाँच महिनापछि मैदानमा फर्किने तयारीमा बार्सिलोनाका गोलरक्षक स्टेगन

आइतबार, ०४ फागुन २०८१, ०८ : ४४
आइतबार, ०४ फागुन २०८१

काठमाडाैँ । बार्सिलोनाका पहिलो रोजाइका गोलरक्षक तथा कप्तान मार्क टेर स्टेगन चाँडै मैदानमा फर्किने तयारी गरिरहेका छन्। 

दाहिने घुँडामा ठूलो चोट आएका कारण पूर्ण रूपमा उपचार र आराम गरिरहेका उनी शनिबार मैदानमा अभ्यासका क्रममा देखापरेका थिए । उनले यसै सिजनमा पुनरागमन गर्ने उनको क्लब बार्सिलोनाले जनाएको छ। 

अर्थात् यस सिजनमा सकेसम्म आफ्नो खेल देखाउने प्रयासमा लागेका गोलकिपर स्टेगनले चालू सिजनको अन्त्य हुनुअघि नै फेरि जर्सी लगाउने आशा बढेको हो । 

केही दिनअघि बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले टेर स्टेगेन सही ट्र्याकमा आएका र मैदानमा उत्रिने बताएका थिए । 'यो पहिलो चरण हो, उसले धेरै सुधार गरेको छ, र हामी धेरै खुसी छौं,' उनले भनेका थिए। 

भिल्लारियलविरुद्ध ला सेरामिकमा सेप्टेम्बरमा भएको खेलका क्रममा घाइते भएपछि उनले शनिबार पहिलो पटक हातमा पञ्जा लगाएका थिए ।

स्टेगनको द्रुत रिकभरी तर्फ अर्को कदम हो, जसको शारीरिक अवस्था अभिनव स्टेम सेल उपचारको कारण प्रभावशाली गतिमा सुधार भइरहेको छ।

उनको उपचारमा संगल्न चिकित्सकहरूले कम्तीमा ७ महिना स्टेगन मैदान उत्रिन नसक्ने बताएका थिए। तर उनको स्वास्थ्य लगभग ठीक भइसकेको स्पेनी पत्रिका मार्काले पनि लेखेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप