‘भ्रष्टाचार नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्छ’
मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचार नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्ने बताएका छन् । मोरङको बूढीगङ्गा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको आज उद्घाटन गर्दै उनले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न अन्तरराष्ट्रिय तथ्याङ्कले देशलाई अफ्ठ्यारो स्थितिमा पारेकामा चिन्ता व्यक्त गरे । यी तथ्याङ्क सार्वजनिक गर्ने निकायले औँल्याएका समस्या र सुधारका आवश्यकतालाई सम्बोन गरिनुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य डा.कोइरालाले देशको आर्थिक अवस्था सुधार, सुदृढीकरण, औद्योगिक विकास र कृषि उत्पादकत्व वृद्धि गर्न सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । यसैगरी उनले विद्यालयस्तरदेखि नै स्वास्थ्य सचेतना फैलाउन आवश्यक रहेको चर्चा गर्दै मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ भएमा मात्रै देश सुन्दर र विकसित हुने धारणा राखे ।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले पाँच सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिँदै पालिकासँगको सहकार्यमा रोजगारमूलक तालिम र शिक्षा दिने कामम भइरहेको जानकारी दिए ।
बूढीगङ्गा गाउँपालिका अध्यक्ष जितनारायण थापामगरले पालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अस्पतालको फार्मेसीबाट बिमामार्फत उपलब्ध हुने पाँच सय र गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी उनले दिए ।
दश शय्याको पालिकास्तरीय अस्पतालमा आकस्मिक र बहिरङ्ग सेवा, फिजिसियन, दाँत, प्रसूति, एक्से–रे, ल्याब, फार्मेसीलगायत सेवाहरू उपलब्ध रहेका त्यस अवसरमा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण