बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रिमियर लिगमा लिभरपुल थप बलियो, म्यान्चेस्टर युनाइटेडको विजोग

सोमबार, ०५ फागुन २०८१, ०२ : ४३
सोमबार, ०५ फागुन २०८१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुल विजयी हुँदा म्यान्चेस्टर युनाइटेड हारेको छ । आइतबार राती भएका खेलमा लिभरपुलले उल्फ्सवर्गलाई २-१ गोल अन्तरले हराउदा म्यास्टेर युनाइटेड टोटनह्याम हट्स्परसँग १-० गोल अन्तरले हार्‍यो । 

लिभरपुललाई जिताउन लुइस डायस र मोहम्मद सालाहले गोल गरे । उल्फ्सवर्गका माथिउस कुन्हाले एक गोल फर्काए । यो जितसँगै लिभरपुलको २५ खेलबाट ६० अंक भएको छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५३ अंक छ । म्यान्चेस्टर युनाइटेड भने यो सिजन निकै फितलो प्रदर्शन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप