प्रतिनिधिसभामा राष्ट्रियसभाको चर्चा, पन्तले भने– राष्ट्रियसभा वृद्धाश्रम होइन, पाकाहरुको सदन हो
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाको सवाल उठेको छ । सोमबारको बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्दै सांसद रघुजी पन्तले राष्ट्रियसभा कुनै वृद्धाश्रम नभएको बरु पाकाहरुको सदन भएको बताए ।
‘हाम्रो संविधानले दुई सदनीय संसदीय प्रणाली अंगीकार गरेको छ। दुई सदनका बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ’, उनले भने, ‘एउटा सदनको सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने परिस्थिति आउनु आफैँमा दुखद हो ।’
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभा वृद्धाश्रम भएको भन्दै टिप्पणी गरेपनि आइतबार राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको थियो । सोही सम्बन्धमा बोल्दै पन्तले आपसी द्वन्द्वले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजार बनाउने बताए ।
‘राष्ट्रियसभा वृद्धाश्रम होइन तर राष्ट्रियसभा भनेको पाकाहरुको सदन हो । यो सदनलाई वृद्धाश्रम भनेर बेइज्जत गर्ने काम गर्न हुँदैन। एकअर्कालाई सम्मान गर्ने हो । अहिले जसरी जसरी एक मान्यको कुरामा खेद प्रस्ताव आएको छ त्यो दुखद छ’, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण