नेपाल प्रहरी विधेयक पेस गर्न पुगेका गृहमन्त्रीले अर्कै विधेयक पेस गरेपछि
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले असम्बन्धित विधेयक पेस गरेका छन् । सभामुख देवराज घिमिरेले उनलाई नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएकामा उनले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।
नेपाल प्रहरी विधेयक पेस भएको छ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सोमबारको बैठकमा पेस गरेका हुन् ।
यसरी लेखकले असम्बन्धित विधेयक पेस गरेपछि संसदमा केहीबेर सांसदहरूबिच खासखुस चल्यो तर सभामुखले यसबारे भेउ पाएनन् भने उनले सैद्धान्तिक छलफल अघि बढाए ।
तर, सांसद रामहरि खतिवडाले विधेयक फरक परेको बताए । गृहमन्त्रीले नागरिकता विधेयक भनेपनि त्यसलाई प्रहरी विधेयकको रूपमा अघि बढाउन आग्रह गरे । त्यसपछि घिमिरेले शब्द सच्याइएको भन्दै सदनको कारबाहीलाई अघि बढाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण