च्याम्पियन्स ट्रफीअघि स्वदेश फर्किए भारतीय टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केल
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुअघि नै भारतीय क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केल स्वदेश (दक्षिण अफ्रिका) फर्किएका छन् । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी हुन भारतीय टोली दुबई पुगिसकेको छ ।
मोर्ने मोर्केल पनि टोलीसँग दुबईमा थिए । तर, अचानक पिताको निधनका कारण उनी दक्षिण अफ्रिका फर्कन लागेको समाचारमा जनाइएको छ । च्याम्पियन्स ट्रफी बुधबारदेखि पाकिस्तान र यूएईमा सुरु हुँदैछ । भारतले आफ्नो पहिलो खेल बिहीबार दुबईमा बंगलादेशसँग खेल्दैछ ।
प्रतियोगिताको उद्घाटन खेल भने पाकिस्तान र न्युजिल्यान्डबिच बुधबार कराँचीमा खेलिने छ । दुबईमा मोर्ने मोर्केलले आइतबार भारतीय टोलीहरुलाई अभ्यास गराएका थिए । त्यसपछि उनले पिताको निधनको खबर पाएका थिए । लगत्तै सोमबार उनी स्वदेश फर्किएको समाचारमा जनाइएको छ ।
४० वर्षीय मोर्ने मोर्केल आफ्नो समयका प्रभावशाली तिब्रगतिका बलर हुन् । उनी दक्षिण अफ्रिकाबाट कहिल दुबई फर्कन्छन् भन्ने विषयमा केही बताइएको छैन । च्याम्पियन्स ट्रफीअघि मोर्ने मोर्केलको अनुपस्थिति भारतीय टोलीका लागि दुःखद पक्ष हो ।
खासगरी, तिब्रगतिका प्रभावशाली बलर जसप्रित बुमराहको अनुपस्थितिले भारतीय टोली यसअघि नै दबाबमा थियो । त्यसमाथि बलिङ प्रशिक्षकको अनुपस्थितिले थप समस्या सृजना भएको छ । यस्तो स्थितिमा तिब्रगतिको बलिङको थप जिम्मेबारी मोहम्मद सामीको काँधमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण