च्याम्पियन्स ट्रफीअघि स्वदेश फर्किए भारतीय टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केल

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुअघि नै भारतीय क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केल स्वदेश (दक्षिण अफ्रिका) फर्किएका छन् । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी हुन भारतीय टोली दुबई पुगिसकेको छ ।
मोर्ने मोर्केल पनि टोलीसँग दुबईमा थिए । तर, अचानक पिताको निधनका कारण उनी दक्षिण अफ्रिका फर्कन लागेको समाचारमा जनाइएको छ । च्याम्पियन्स ट्रफी बुधबारदेखि पाकिस्तान र यूएईमा सुरु हुँदैछ । भारतले आफ्नो पहिलो खेल बिहीबार दुबईमा बंगलादेशसँग खेल्दैछ ।
प्रतियोगिताको उद्घाटन खेल भने पाकिस्तान र न्युजिल्यान्डबिच बुधबार कराँचीमा खेलिने छ । दुबईमा मोर्ने मोर्केलले आइतबार भारतीय टोलीहरुलाई अभ्यास गराएका थिए । त्यसपछि उनले पिताको निधनको खबर पाएका थिए । लगत्तै सोमबार उनी स्वदेश फर्किएको समाचारमा जनाइएको छ ।
४० वर्षीय मोर्ने मोर्केल आफ्नो समयका प्रभावशाली तिब्रगतिका बलर हुन् । उनी दक्षिण अफ्रिकाबाट कहिल दुबई फर्कन्छन् भन्ने विषयमा केही बताइएको छैन । च्याम्पियन्स ट्रफीअघि मोर्ने मोर्केलको अनुपस्थिति भारतीय टोलीका लागि दुःखद पक्ष हो ।
खासगरी, तिब्रगतिका प्रभावशाली बलर जसप्रित बुमराहको अनुपस्थितिले भारतीय टोली यसअघि नै दबाबमा थियो । त्यसमाथि बलिङ प्रशिक्षकको अनुपस्थितिले थप समस्या सृजना भएको छ । यस्तो स्थितिमा तिब्रगतिको बलिङको थप जिम्मेबारी मोहम्मद सामीको काँधमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण, तस्बिरहरू
-
इप्पानद्वारा कालो ब्यानर राखेर टेक एन्ड पे व्यवस्थाको विरोध
-
अख्तियारद्वारा माधव नेपालसँग १८ करोड ५८ लाख रुपैयाँ बिगो माग दाबी
-
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
-
माधवकुमार नेपालको सांसद पद निलम्बन
-
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा