जब स्पिन बलरले मात्र ६१ ओभर बलिङ गरेर कीर्तिमान बनाए !
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको अमेरिका र ओमानबिचको खेलमा स्पिन बलरहरुले गजबको कीर्तिमान बनाएका छन् । ओमानको घरेलु मैदानमा मंगलबार खेलिएको उक्त खेलमा दुवै टोलीका स्पिन बलरहरुले ६१ ओभर बलिङ गरेर कीर्तिमान बनाएका हुन् ।
उक्त खेलमा पहिले ब्याटिङ गरेको अमेरिकाले ३५.३ ओभरमा अलआउट हुनुअघि एक सय २२ रन बनाएको थियो । अमेरिकाविरुद्ध ओमानले पाँचैजना स्पिन बलरलाई प्रयोग गरेको थियो ।
उक्त खेलमा ओमानले स्पिन बलर सकिल अहमद, जय ओडेड्रा, आमिर कलिम, समय श्रीवास्तव र सिद्धार्थ बुकापत्तनमलाई प्रयोग गरेको थियो । त्यसमध्ये सकिल अहमदले तीन तथा आमिर कलिम र समयले दुई–दुई विकेट लिए । ओडेड्रा र सिद्धार्थले पनि एक–एक विकेट हात पारेका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने २५.३ ओभरमा अलआउट हुनुअघि ६५ रनमात्र बनाउन सक्यो । उक्त खेलमा अमेरिकाले पनि चारजना स्पिन बलरलाई मात्र प्रयोग गरेको थियो । अमेरिकी स्पिनर नोस्तुस केन्जिगेले पाँच तथा मिलिन्द कुमार र यासिर मोहम्मदले दुई–दुई विकेट लिएका थिए । हरमित सिंहले पनि एक विकेट हात पारे ।
पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा चार हजार ६ सय ७१ खेलपछि यसरी दुवै टोलीले खेल अवधिभर स्पिन बलरहरुलाई मात्र प्रयोग गरेको हो । अमेरिका र ओमानबिचको खेलमा स्पिनरहरुले कुल १९ विकेट लिए । एक ब्याट्सम्यान भने रनआउट भएका थिए ।
यसरी, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एउटै खेलमा स्पिनरहरुले १९ विकेट लिएको पनि यो केवल दोस्रोि पटक हो । यसअघि, सन् २०११ मा खेलिएको पाकिस्तान र बंगलादेशबिचको एकदिवसीय खेलमा दुवै टोलीका स्पिन बलरले १९ विकेट लिएका थिए ।
उक्त खेलमा अमेरिकाले ओमानलाई ५७ रनले हराएको थियो । यो पनि एउटा कीर्तिमान थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा कुनै टोलीले पहिले ब्याटिङ गर्दै कम योगफल तयार पारेर पनि विपक्षीलाई लक्ष्यसम्म पुग्न नदिएको यो पहिलो पटक हो । यसअघि यस्तो कीर्तिमान भारतको नाममा रहेको थियो ।
सन् १९८५ मा खेलिएको पाकिस्तानविरुद्धको खेलमा भारतले पहिले ब्याटिङ गर्दै एक सय २५ रन बनाएको थियो । तर, त्यो खेलमा भारतले पाकिस्तानलाई ३८ रनले हराएको थियो । अहिले आएर अमेरिकाले भारतको नाममा रहेको त्यही कीर्तिमान तोडेको हो ।
यसैगरी, अमेरिका र ओमानबिचको खेलमा दुवै टोलीले गरेर कुल एक सय ८७ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा दुवै टोलीलाई मिलाउँदा बनेको यो दोस्रो कम योगफल पनि हो । यसअघि, सन् २०१४ मा भारत र बंगलादेशबिचको खेलमा दुवै टोलीले कुल एक सय ६३ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण