आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण बुधवारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले न्युजिल्यान्डको सामना गर्दैछ । न्युजिल्यान्ड र पाकिस्तानबिचको खेल हाल कराँचीमा जारी छ ।
यो खेलमा न्युजिल्यान्डको टोलीमा एक जना यस्ता खेलाडी पनि छन्, जसको सम्पत्ति आफ्नो देशको क्रिकेट बोर्डभन्दा पनि बढी छ । ती खेलाडी हुन्, प्रभावशाली ब्याटिङ अलराउन्डर केन विलियम्सन ।
उनी न्युजिल्यान्डका पूर्वकप्तान पनि हुन् । तर, अहिले उनी कप्तानको भूमिकामा छैनन् । ३४ वर्षीय विलियम्सनको कुल सम्पत्ति करिब एक अर्ब ४६ करोड ८४ हजार नेपाली रुपैयाँ रहेको छ ।
उनको आम्दानीको स्रोत विभिन्न फ्रेन्चाइज प्रतियोगिता, विज्ञापन र राष्ट्रिय क्रिकेट बोर्डबाट प्राप्त हुने पारिश्रमिक हो । विलियम्सनले सन् २०१५ देखि लगातार इन्डियन प्रिमियर लिग खेल्दै आएका थिए ।
यसपटक भने उनलाई आईपीएलको कुनै पनि क्लबले खरिद गरेन । उनी सन् २०१८ मा आईपीएल क्लब सनराइजर्स हैदराबादमा आबद्ध भएका थिए । उनी सन् २०२३ सम्म उक्त क्लबमा रहे । उनले यस अवधिमा क्लबबाट करिब ४५ करोड भारतीय रुपैयाँ पारिश्रमिकका रूपमा पाएका थिए ।
न्युजिल्यान्ड क्रिकेट बोर्डको कुल सम्पत्ति करिब एक अर्ब २० करोड नेपाली रुपैयाँ रहेको छ । विश्वका चर्चित क्रिकेट बोर्डहरूमध्ये न्युजिल्यान्ड आर्थिक रूपमा सबैभन्दा कमजोर क्रिकेट बोर्डमा पर्छ । विश्वको सबैभन्दा धनी क्रिकेट बोर्ड भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) हो ।
बीसीसीआईको कुल सम्पत्ति करिब १८ हजार सात सय ६० करोड भारतीय रुपैयाँ रहेको छ । दोस्रो स्थानमा आसिन अस्ट्रेलियन क्रिकेट बोर्डको सम्पत्ति करिब ६ सय ५८ करोड भारतीय रुपैयाँ र इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको कुल सम्पत्ति चार सय ९२ करोड भारतीय रुपैयाँ रहेको छ ।
यसैगरी, पाकिस्तान क्रिकेट बोर्डको कुल सम्पत्ति चार सय ५८ करोड, बङ्गलादेश क्रिकेट बोर्डको कुल सम्पत्ति चार सय २५ करोड, दक्षिण अफ्रिका क्रिकेट बोर्डको कुल सम्पत्ति तीन सय ९२ करोड, जिम्बाबे क्रिकेट बोर्डको कुल सम्पत्ति तीन सय १७ करोड, श्रीलङ्का क्रिकेट बोर्डको कुल सम्पत्ति एक सय ६६ करोड र वेस्ट इन्डिज क्रिकेट बोर्डको कुल सम्पत्ति एक सय २५ करोड भारतीय रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण