खेलकुदमा हिजाब प्रयोगमाथि रोक लगाउने तयारी अगाडि बढाएपछि एमेनेष्टी इन्टरनेशनको आपत्ति
काठमाडौँ । एमनेष्टी इन्टरनेशनलले फ्रान्सको संसदमा प्रस्तावित खेलकुदसँग सम्बन्धित एक विधेयकको विषयलाई लिएर आलोचना गरेको छ । एमनेष्टी इन्टरनेशनलले मानव अधिकारको उल्लंघन हुने गरी कुनै पनि काम नगर्न सुझाव पनि दिएको छ ।
खेलकुद प्रतियोगिताहरुमा धर्मलाई बढावा दिने पोशाक र प्रतिक चिन्हरु प्रयोग गरेर मैदानमा ओर्लन प्रतिबन्ध लगाउने गरी कानुन बनाउने तयारी फ्रान्सको सिनेटले अगाडि बढाएको छ । यस सम्बन्धि विधेयक पनि तयार पारिसकिएको समाचारमा जनाइएको छ ।
एमनेष्टी इन्टरनेशनलले यस्तो कानुन आएका सबैभन्दा बढी मुस्लिम महिला र बालिकाहरु अप्ठ्यारोमा पर्ने र यसले उनीहरुको मानव अधिकार उल्लंघन हुने दाबी गरेको छ । मुस्लिम महिला खेलाडीहरु हिजाब लगाएर विभिन्न प्रतियोगितामा सहभागी हुने गरेका छन् ।
यसअघि, फ्रान्समै आयोजित सन् २०२४ को ओलम्पिक खेलकुदमा पनि यो विषयलाई लिएर फ्रान्सले आलोचनाको सामना गर्नु परेको थियो । उक्त ओलम्पिकमा फ्रान्सले आफ्ना खेलाडीलाई टाउकोमा रुमाल वा अन्य कुनै कपडा बाँधेर मैदानमा ओर्लन रोक लगाएको थियो ।
संयुक्त राष्ट्र संघले पनि फ्रान्सको उक्त निर्णयको विरोध गरेको थियो । खेलकुदमा हिजाब प्रयोग गर्न रोक लगाउने उक्त निर्णयलाई राष्ट्र संघले ‘असमान’ र ‘भेदभावपूर्ण’ भन्दै आलोचना गरेको थियो ।
यसका बावजुद, फ्रान्सको सिनेटले खेलकुदमा हिजाब प्रयोगमाथि रोक लगाउने गरी कानुन बनाउने तयारीमा अगाडि बढाएको छ । उक्त विधेयकमा खेलकुद प्रतियोगिताहरुमा प्रार्थना गर्न नपाइने प्रावधान पनि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण