खनिज सम्झौताको नजिक पुगे युक्रेन र अमेरिका

कीभ । यसअघि उपलब्ध गराएको आर्थिक सहायताको बदलामा आफ्नो खनिज अमेरिकालाई चलाउन दिने समझदारीमा युक्रेन र अमेरिका पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई भविष्यमा सुरक्षा प्रत्याभूतिका लागि उसको दुर्लभ खनिज प्रयोग गर्न दिनुपर्ने होइन भने अहिलेसम्मको सहायताको गुण तिर्न भए पनि खनिजमा पहुँच दिनु पर्ने बताएका थिए ।
५ खर्ब डलर बराबरको खनिज मागेपछि जेलेन्स्कीले गएको हप्ता सो माग ठाडै अस्वीकार गरेका थिए । अमेरिकाले यति धेरै सहायता नदिएको अनि आफ्नो देश बिक्रीका लागि नभएको भन्दै उनले माग मानेका थिएनन् ।
तर अब भने दुई देश सम्झौताको नजिक नजिक पुगेको भन्दै अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । यसमा अमेरिकाले अहिलेसम्म उपलब्ध गराएको सहायता बापत कति खनिज चलाउने र भविष्यमा पाउने सहायताको बदलामा कति चलाउने भन्ने कुरा निर्धारण गर्ने कोसिस भएको बताइएको छ ।
युक्रेनसँग लिथियम र टाइटेनियम जस्ता बहुमूल्य धातुको भन्डार छ । यसको साथमा उससँग ठूलै मात्रामा कोइला, ग्यास, तेल र युरेनियम पनि छ ।
गत वर्ष जेलेन्स्कीले रुससँगको युद्धमा आफ्नो विजय योजना पेस गर्दा युद्धको अन्त्यमा विदेशी कम्पनीले आफ्नो देशको बहुमूल्य धातु र खनिज चलाउन सक्ने प्रस्ताव गरेका थिए । युक्रेनलाई नेटोमा सदस्यता दिएबापतको पाँच बुँदा मध्ये खनिज चलाउन दिइने एउटा बुँदा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा