अमेरिकामा ५ खर्ब डलर लगानी गर्ने एप्पलको प्रतिबद्धता
वाशिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अमेरिकामा ५ खर्ब डलरभन्दा धेरै लगानी गर्ने योजना बनाएको छ । आगामी चार वर्षमा यी लगानी गरिनेछ ।
टेक्ससको ह्युष्टनमा उन्नत उत्पादन कारखानाबाट लगानी सुरु गरिनेछ । यो कारखानामा २० हजार नयाँ रोजगारी सृजना गरिने अपेक्षा आफूले गरेको कम्पनीको भनाइ छ ।
अधिकांश जागिर अनुसन्धान र विकास, सफ्टवेयर र कृत्रिम बौद्धिकता (एआई)मा हुने भनिएको छ । लगानी कुन गतिमा हुन्छ भन्ने चाहिँ स्पष्ट भइसकेको छैन । यसमा खर्चदेखि एप्पल टिभी प्लसको उत्पादनसम्म सबै कुरा समेटिने कम्पनीले भनेको थियो । एप्पलका हाकिम टिम कुकले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेको केही दिनपछि यो घोषणा आएको हो ।
यो कम्पनीको अहिलेसम्मकै ठुलो खर्च प्रतिबद्धता भएको कम्पनीले बताएको छ । कारखाना २०२६ मा खुल्ने कम्पनीको भनाइ छ । कम्पनीले उत्तर क्यारोलिना, आईओवा, आरेगन, एरिजोना र नेभादामा पनि डेटा सेन्टरको क्षमता बढाउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण