राष्ट्रिय वाणिज्य बैंकद्वारा 'टपअप र फोनपे डाइरेक्ट' गर्दा आइफोन १६ उपहार पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा 'टपअप र फोनपे डाइरेक्ट' गर्दा आइफोन १६ उपहार पाइने भएको छ । बैंकले एक अफर घोषणामार्फत यसबारे जानकारी गराएको हो ।
अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्म मार्फत ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु भएको बैंकले जनाएको छ।
अभियानमा सहभागी हुन ग्राहकहरूले RBB Digital Sansar मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को Fonepay Direct कारोबार गर्नुपर्ने कारोबार पुरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्न सक्ने बैंकले जनाएको छ ।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु. १०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । साथै, अभियानको अन्त्यमा, एक भाग्यशाली ग्राहकलाई नयाँ iPhone 16 उपहार जित्न सक्ने जनाइएको छ। चैत्र १ गतेदेखि सुरु भएको यो अभियान चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान