पत्रकार हत्या र संचारगृहमाथिको आक्रमण प्रति पत्रकार महासंघ मकवानपुरको विरोध
मकवानपुर । पत्रकार सुरेश रजक र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरले विरोध सभा आयोजना गरेको छ । महासंघ मकवानपुरको आयोजनामा हेटौँडा–२ पल्पसा हलबाट र्यालीसहित सिमाचोकमा पुगेर विरोध सभा गरेको थियो ।
समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा मकवानपुरका पत्रकारहरू आन्दोलित भएका हुन् । हेटौँडाको पल्पसा सभागृहबाट सुरु भएको पत्रकारहरूको प्रदर्शन मकवानपुर उद्योग बाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै स्कुरोडमा गएर विरोध सभामा परिणत भएको थियो ।
महासंघको स्थापना दिवसकै दिन पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताप विष्टले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चार माध्यममाथिको आक्रमण नियोजित रूपमा भएको बताए । उनले नागरिक समाजको अग्रणी संस्थाको रूपमा रहेको पत्रकार महासंघ राजनीतिक रंगमा हुने अवाञ्छित र अराजक गतिविधि सदैव विरोधमा रहेको बताए । उनका अनुसार पूर्वराजाले शासनकालमा जस्तै आम नागरिक र संचारमाध्यम कथित राजावादीको निशानामा परेको हो ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले संविधानको व्यवस्था अनुसार शासन सत्ताको नेतृत्व लिन राजावादीलाई आग्रह गरे । उनले आम नागरिक जस्तै पूर्व राजालाई पनि चुनाव लड्ने र शासन गर्ने अधिकार रहेकाले हिंसात्मक गतिविधि त्यागेर व्यवस्था अनुसारको प्रक्रियामा सहभागी हुन आह्वान गरे । पत्रकार, संचारगृह र आम नागरिकका सम्पत्ति माथिको आक्रमण गर्न बन्द गर्ने राजनीतिक दलहरूलाई आग्रह गरे ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ, नागरिक समाज लगायतका प्रतिनिधिले पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
शुक्रबार भएको राजावादीहरूको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण