तिनकुने प्रदर्शन
तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय
बुधबार, २० चैत २०८१, १६ : ४८
१

काठमाडौँ । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो ।
यस्तै समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो ।
दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।
स्रोतका अनुसार मन्त्रालयले सञ्चारमाध्यमहरूमा आवश्यक सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पनि गृहले दिएको छ । सोहीअनुसार कार्यालयले आवश्यक तयारी समेत थालिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
-
तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान