धोनीले चेन्नईको कप्तानी गर्न सक्ने

चेन्नई । महेन्द्र सिंह धोनीलाई फेरि एक पटक इन्डियन प्रिमियर लिग (आईपीएल) मा कप्तानी गरिरहेको देख्न सकिन्छ। शनिबार दिल्ली क्यापिटल्स विरुद्धको खेलमा चेन्नईको नेतृत्व गरिरहेको देख्न सकिने भएको हो ।
यो खेलमा चेन्नईका नियमित कप्तान ऋतुराज गायकवाड खेल्ने कि नखेल्ने भन्ने कुरामा शंका छ। राजस्थान रोयल्स विरुद्धको खेलमा उनको कुहिनामा चोट लागेको थियो।
खेलअघिको पत्रकार सम्मेलनमा चेन्नईका ब्याटिङ प्रशिक्षक माइकल हसीले ऋतुराज नखेलेमा उनको ठाउँमा कसले कप्तानी गर्नेछ भन्ने प्रश्नमा भने, 'मलाई पक्का छ कि फ्लेमिङ र ऋतुराजले यसबारे सोचेका हुनुपर्छ। हामीसँग केही युवा खेलाडीहरू छन्। धोनी विकेट पछाडि रहन्छन्। सायद उनले राम्रो काम गर्न सक्छ। मलाई यसको बारेमा पक्का थाहा छैन।’
हसीले थप भने, 'ऋतुराजले पछिल्लो २ दिनदेखि प्रशिक्षण गरेका छैनन्। उनले आज ब्याटिङ गर्ने प्रयास गर्नेछन्। उनको हात अझै सुन्निएको छ, तर उनी दिनप्रतिदिन निको हुँदै गइरहेका छन्। त्यसैले, हामी विश्वस्त छौँ कि उनी शनिबारसम्ममा ठीक हुनेछन्।'
उनले अगाडि भने, ‘धोनीसँग कप्तानीको अनुभव छ, त्यसैले सायद उनले यो काम गर्नुपर्छ। तर इमानदारीपूर्वक भन्नुपर्दा, मलाई साँच्चै थाहा छैन।’
गुवाहाटीमा राजस्थान रोयल्स विरुद्धको खेलमा गायकवाडलाई तीव्र गतिका बलर तुषार देशपाण्डेको बलले कुहिनामा लागेको थियो। खेलमा उनले अर्धशतक बनाए पनि तर चेन्नईले त्यो खेल हारेको थियो।
आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको सूचीमा महेन्द्र सिंह धोनी पहिलो स्थानमा छन्। उनले अहिलेसम्म २६७ खेल खेलेका छन्। धोनीले चेन्नई सुपर किंग्सलाई पाँच पटक उपाधि जिताउन नेतृत्व गरेका छन्। उनले ३९.१३ को औसतमा ५२८९ रन बनाएका छन्। यस अवधिमा धोनीले २४ अर्धशतक पनि बनाएका छन्। उनले विकेटकिपिङमा ४४ स्टम्पिङ र १५२ क्याच पनि लिएका छन्।
धोनी आइपीएलमा १०० खेल जित्ने एक मात्र कप्तान हुन्। उनले आईपीएलमा सबैभन्दा धेरै अर्थात् २२६ खेलमा कप्तानी गरेका छन्। रोहित शर्मा यस सूचीमा दोस्रो नम्बरमा छन्। उनले १५८ खेलमा कप्तानी गरिसकेका छन्।
आफ्नो कप्तानीमा, धोनीले २०२३ मा अन्तिम पटक चेन्नईलाई च्याम्पियन बनाए। उनले त्यही फाइनलमा अन्तिम पटक कप्तानी पनि गरे। आफ्नो कप्तानीमा धोनीले १३३ खेलमा टोलीलाई जित दिलाएका छन्। जबकि टोली ९१ खेलमा हारेको थियो।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा