ट्रम्पलाई बौलाहा भन्दै सडकमा उत्रिए अमेरिकी, अन्यत्र पनि प्रदर्शन

वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका खर्बपति मित्र एलन मस्कविरुद्ध अमेरिकामा प्रदर्शन चर्किएको छ । शनिबार देशका विभिन्न भागहरूमा ‘ह्यान्ड्स अफ’ ¥याली निकालिए । यी र्यालीमा प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले उनी बौलाहा भएको र अमेरिकालाई मन्दीमा धकेलिरहेको समेत बताए ।
ट्रम्पको नीतिको विरोधमा मानिसहरू सडकमा उत्रिएका थिए । सरकारी कर्मचारीहरूको कटौती, व्यापार साझेदार माथि अतिरिक्त भन्सार महसुल, अर्थतन्त्र, मानव अधिकार र अन्य मुद्दालाई लिएर वाशिङ्गटन, न्यूयोर्क, ह्युस्टन, फ्लोरिडा, कोलोराडो र लस एन्जलसमा मानिसहरूले जुलुस निकालेका थिए । ‘म धेरै रिसाएको छु,’ म्यानहट्टनमा आयोजित एक र्यालीमा न्यूयोर्कका चित्रकार शैना केसनरले भनिन् ।
वाशिंगटनको नेशनल मलमा भएको र्यालीमा बाइक टुर गाइड डायन कोलिफ्राथले भनिन्– ‘ट्रम्प प्रशासनको विरोध गर्न न्यू ह्याम्पशायरभरिबाट बस र भ्यानबाट आएका लगभग १०० जना मानिसहरू हामीसँग थिए । हामी विश्वभर आफ्ना सहयोगीहरूलाई गुमाउँदैछौं । यहाँ विनाश भइरहेको छ । उसले हाम्रो सरकारलाई ध्वस्त पार्दैछ ।’
प्रदर्शनकारीको हातमा ‘अमेरिकामा ट्रम्पसँगै फाँसीवाद आएको’, ‘बिउँझिऊ अनि कू को गन्ध सुँघ’ भन्ने जस्ता नारा लेखिएको कागजको टुक्रा थिए । ट्रम्पले अमेरिकामा लामो समयदेखि रहेको प्रजातान्त्रिक संस्था ध्वस्त पारेको देख्दा आफू विस्मित भएको ६६ वर्षकी जेन एलेन साउम्सले भनिन् । अमेरिका र बेलायत दुवैको नागरिकता भएका लि चाम्बरलिनले ‘अमेरिकामा जे भइरहेको छ, त्यो सबैको समस्या हो भनेर लन्डनमा आयोजित एक र्यालीमा एएफपीलाई भनेका थिए । ‘यो त आर्थिक बहुलठ्ठीपन हो.... उनले त हामी सबैलाई विश्वव्यापी आर्थिक मन्दिमा धकेल्नेछन्,’ उनले भनेका थिए ।
बर्लिनकी अवकाशप्राप्त ७० वर्षिय महिला सुसान फेस्टले ट्रम्पले संवैधानिक संकट सिर्जना गरेको बताइन् । ‘त्यो मान्छे बौलाहा हो,’ अझ अगाडि उनले भनिन् । अमेरिकाभरमा शनिबार १५० भन्दा बढी समूहहरूद्वारा १ हजार २०० भन्दा बढी प्रदर्शन आयोजना गरेका थिए ।
‘ह्यान्ड्स अफ’ नाम दिइएको यस प्रदर्शनमा नागरिक अधिकार सङ्गठनहरू, श्रमिक सङ्घहरू, एलजीबीटीक्यू समर्थकहरू, भेटेरानहरू आदि उपस्थित थिए । ट्रम्पले निदाइरहेको राक्षसलाई ब्युँझाएको र उनीहरूले अहिलेसम्म केही नदेखेको पनि बताइएको छ । आफूहरू चुप लागेर नबस्ने अनि टाढा नजाने प्रदर्शनमा आएको ७१ वर्षका अभियन्ता ग्रेलान हेगलरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, निजामति सेवा र भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने घोषणा
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २२ गतेबाट सुरु हुने
-
सरकारको नीति तथा कार्यक्रम टोले गुन्डाले उठाएको चन्दा जस्तो देखियो : ज्ञानेन्द्र शाही
-
नीति तथा कार्यक्रममा श्रम, रोजगार : श्रम गर्ने संस्कृतिको विकास गर्नेदेखि कार्य घण्टामा आधारित ज्याला दिनेसम्म
-
प्रतिनिधिसभाले राष्ट्रपतिको सम्बोधनका लागि पारित गर्यो धन्यवाद प्रस्ताव
-
प्रधानमन्त्रीले प्रतिनिधिसभामा पेस गरे राष्ट्रपतिको सम्बोधन