तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
सुरेशलाई सहिद घोषणा गर्न परिवारको माग
शनिबार, ३० चैत २०८१, २० : ०१
काठमाडौँ । तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा आगलागीमा परेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका छन् ।
शनिबार शोकाकुल परिवारलाई भेट्न लिङ्देन, बागमती प्रदेशका सभामुख भुवन पाठकलगायत रजक निवास ताहाचल पुगेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो क्रममा सुरेशको परिवारले सुरेशलाई शहीद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानविनका लागि न्यायिक आयोग गठन गरिनुपर्ने कुरा उठाएको श्रेष्ठको भनाइ छ ।
सो क्रममा अध्यक्ष लिङ्देनले आफूहरुले पार्टीको बैठकबाट औपचारिक निर्णय गरेको, संसद र सडकमा यो विषय उठाइरहेको र निरन्तर उठाइरहने बताएका थिए । लिङ्देनसहितले भेटमा रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण