६४ टोली सहभागी हुने विश्वकपको योजनाको विरोध
काठमाडौँ । कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीले सन् २०३० को पुरुष विश्वकपलाई ६४ टोलीमा विस्तार गर्ने प्रस्तावको आलोचना गरेका छन्। दक्षिण अमेरिकी नियामक निकाय कन्मेबोलले अघि सारेको योजनाको युईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिन र एसियाली फुटबल महासंघ (एएफसी) ले पनि विरोध गरेका छन्।
उद्घाटन खेलहरू अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा आयोजना भएपछि प्रतियोगिता स्पेन, मोरक्को र पोर्चुगलले आयोजना गर्नेछन्। संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २०२६ को विश्वकपमा पहिले नै ३२ टोलीबाट ४८ टोलीहरू विस्तार गरिएको छ।
तर कन्मेबोलले प्रतियोगिताको १०० औँ वार्षिकोत्सव मनाउन थप सहभागीहरू थप्न चाहेको बताएको छ।
‘पुरुष विश्वकपलाई ६४ टोलीमा विस्तार गर्नु प्रतियोगिता र राष्ट्रिय टोलीदेखि क्लब प्रतियोगिता, लिग र खेलाडीहरूसम्मको फराकिलो फुटबल इकोसिस्टमको लागि सही कदम हो भन्ने मलाई लाग्दैन,‘ मोन्टाग्लियानीले ईएसपीएनलाई भने, ‘हामीले अहिलेसम्म ४८ टोलीको नयाँ विश्वकप सुरु गरेका छैनौँ, त्यसैले व्यक्तिगत रूपमा, मलाई लाग्दैन कि ६४ टोलीमा विस्तार गर्ने कुरा टेबलमा हुनुपर्छ।’
कोन्काकाफ उत्तरी अमेरिका, मध्य अमेरिका र क्यारिबियनमा फुटबलको नियामक निकाय हो।
सन् २०१७ मा फिफा कंग्रेसमा सर्वसम्मत मतदानपछि २०२६ को विश्वकपलाई ४८ टोलीमा विस्तार गर्ने निर्णय गरिएको थियो।
फिफाको ७५ औँ महाधिवेशन मे १५ मा पाराग्वेमा आयोजना हुनेछ, जहाँ कन्मेबोलको प्रस्तावमाथि छलफल हुन सक्छ। यदि प्रस्ताव स्वीकृत भयो भने, सन् २०३० संस्करणमा १२८ खेलहरू हुनेछन्, जुन १९९८ र २०२२ मा प्रयोग गरिएको ६४ खेल ढाँचा अन्तर्गत खेलिएको संख्याको दोब्बर हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण