समाचार
डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेख्ने किशोर पक्राउ
शुक्रबार, ०५ वैशाख २०८२, २१ : १७
_0fqeeoylmy_9e57iBPH7k.jpg)
काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित रोटरी क्लबले सडकमा राखेको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लेख्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १२ कक्षामा अध्ययनरत १६ वर्षीय किशोर छन् । चैत १३ मा उनले प्रधानमन्त्री विरुद्ध ‘... देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले गराएका थिए ।
प्रहरी प्रधान कार्यालयको सुचना प्रविधि निर्देशनालयले गरेको अनुसन्धानबाट किशोरले एप मार्फत ह्याक गरेर सो नारा लेखेको भेटिएको छ ।
युट्युबमा ह्याक गर्ने विधि हेरेपछि कौतुहलता लागेर रोटरी क्लबको बोर्डमा प्रधानमन्त्री विरुद्ध नारा लेखेको उनले प्रहरी अधिकारीहरुसँग बताएका छन् ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतका कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित २७ जना पक्राउ
-
युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा युवक पक्राउ
-
‘पुस्तक चोर्ने आफ्नै घरमा आउने नजिकका मान्छे हुन्छन्’
-
नीति तथा कार्यक्रम नीरस र पट्यारलाग्दो : माओवादी
-
‘नीति तथा कार्यक्रम ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट’
-
आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ: पूर्वप्रधानमन्त्री खनाल