समाचार
डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेख्ने किशोर पक्राउ
शुक्रबार, ०५ वैशाख २०८२, २१ : १७
काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित रोटरी क्लबले सडकमा राखेको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लेख्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १२ कक्षामा अध्ययनरत १६ वर्षीय किशोर छन् । चैत १३ मा उनले प्रधानमन्त्री विरुद्ध ‘... देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले गराएका थिए ।
प्रहरी प्रधान कार्यालयको सुचना प्रविधि निर्देशनालयले गरेको अनुसन्धानबाट किशोरले एप मार्फत ह्याक गरेर सो नारा लेखेको भेटिएको छ ।
युट्युबमा ह्याक गर्ने विधि हेरेपछि कौतुहलता लागेर रोटरी क्लबको बोर्डमा प्रधानमन्त्री विरुद्ध नारा लेखेको उनले प्रहरी अधिकारीहरुसँग बताएका छन् ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतका कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण