परमाणु सम्झौतामा नयाँ मोड, आधारभूत मुद्दाहरूमा सहमति
रोम । इरान र अमेरिकाबिच आणविक कार्यक्रमबारे दोस्रो चरणको वार्ता शनिबार इटालीको राजधानी रोममा सम्पन्न भएको छ । यसपटक वार्तापछि, दुवै देशबाट केही सकारात्मक संकेत देखिएको छ । केही मुद्दाहरूमा सैद्धान्तिक रूपमा सहमति भएको र प्रगति अपेक्षित रहेको इरानका विदेशमन्त्री अब्बास अरागचीले बताए ।
यो संवाद गत हप्ता ओमानको राजधानी मस्कटमा भएको पहिलो बैठकपछि भएको थियो । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले गरेका थिए भने इरानको प्रतिनिधित्व अब्बास अरागचीले गरेका थिए ।
चार घण्टा लामो बैठकपछि वार्तामा केही आधारभूत मुद्दाहरूमा सहमति जुटिरहेको बताइएको छ । । प्राविधिक विज्ञहरू बीचको वार्ता बुधबारदेखि सुरु हुने र तेस्रो चरणको वार्ता अर्काे शनिबार मस्कटमा हुने पनि भनिएको छ ।
मिडिया रिपोर्टका अनुसार ओमानले फेरि एक पटक मध्यस्थकर्ताको भूमिका खेलेको छ र दुई पक्ष प्रत्यक्ष रूपमा आमनेसामने बसेका छैनन् । उनीहरू छुट्टाछुट्टै कोठामा बसेर ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुसैदी मार्फत वार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण