आरआर क्याम्पसमा नेविसंघले गर्यो तोडफोड
काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले तोडफोड गरेका छन्। सर्वसम्मत रूपमा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको विषयमा असहमति जनाउँदै आएको नेविसंघले तोडफोड गरेको हो।
नेविसंघको एउटा समूहले प्रशासन कक्षका ल्यापटप र कुर्सीहरू माथिल्लो तलबाट फालेका थिए । त्यस्तै महत्त्वपूर्ण कागजात समेत च्यातच्युत गरेका छन्। आरआरमा स्ववियु निर्वाचन हुन नसकेपछि सर्वसम्मत रूपमा स्ववियु कार्यसमिति चयन गरिएको थियो ।
अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका लोकेश खड्काको अध्यक्षतामा स्ववियु घोषणा गरिएको थियो । नेविसंघबाट समेत स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका थिए।
त्यसको विरोध गर्दै नेविसंघबाट अध्यक्षका उम्मेदवार बनेका विनोद जोशीले असहमति जनाएका थिए। उनी लगायत विभिन्न संगठन तथा समूहबाट उम्मेदवार बनेका ६ जनाले उच्च अदालत पाटनमा रिट समेत दायर गरेका छन्।
उक्त कार्यको विरोध गर्दै आज नेविसंघले कलेजमा प्रदर्शन गरेको थियो र त्यही क्रममा तोडफोड गरेको हो। नेविसंघले तोडफोड गरेको विषयमा स्ववियुले आपत्ति जनाएको छ। तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्षका उम्मेदवार विनोद जोशीले आज आन्दोलनको क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमा भएको तोडफोडको जिम्मेवारी क्याम्पस प्रमुख स्वयम् र निर्वाचन अधिकृतले लिनुपर्ने बताए ।
क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारी मध्ये ९० प्रतिशत अवैधानिक स्ववियु कार्यसमिति गठनप्रति असन्तुष्ट रहेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण