शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी

बिहीबार, २५ वैशाख २०८२, १२ : ५६
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणका लागि डीपीआर समेत भइसकेको अवस्थामा यसलाई अगाडी बढाउन ढिलाइ भएको भन्दै अव पनि व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रङ्गशालाको डीपीआर गरी साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रङ्गशालाको परिकल्पना भए पनि अघि बढाउन ढिलाइ गरिएको उनले बताए । उनले खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर ४९ लाख ६० हजार बनाइएको भन्दै आपत्ति जनाए ।

यसमा समृद्ध बिचौलिया, समृद्ध दलाल छिरेजस्तो देखिएको भन्दै उनले जनकपुरका युवाहरूको क्रिकेट रङ्गशालाको परिकल्पनामा कुनै व्यवधान भए आन्दोलन चाँडै हुने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप