४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
आइतबार, २८ वैशाख २०८२, १७ : ४६
काठमाडौँ । काठमाडौँको न्युरोडबाट प्रहरीले हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–२ घर भएर कोटेश्वर बस्ने विजय कुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएर कोटेश्वर बस्ने खेटराज श्रेष्ठ छन् ।
उनीहरूको साथबाट स्रोत नखुलेको ४२ लाख १० हजार बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । विशाल बजारबाट हुन्डीको रकम रिसिभ गरेर हिँडेको अवस्थामा उनीहरू शुक्रवार पक्राउ परेका हुन् ।
आरोपीहरूलाई हुन्डी सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण