बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ

आइतबार, २८ वैशाख २०८२, १७ : ४६
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको न्युरोडबाट प्रहरीले हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–२ घर भएर कोटेश्वर बस्ने विजय कुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएर कोटेश्वर बस्ने खेटराज श्रेष्ठ छन् ।

उनीहरूको साथबाट स्रोत नखुलेको ४२ लाख १० हजार बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । विशाल बजारबाट हुन्डीको रकम रिसिभ गरेर हिँडेको अवस्थामा उनीहरू शुक्रवार पक्राउ परेका हुन् ।

आरोपीहरूलाई हुन्डी सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप