एकदिवसीय करियरबाट संन्यास लिनेबारे रोहितले के भने ?
नयाँ दिल्ली । रोहित शर्माले आफ्नो क्रिकेट करियर अझै समाप्त नभएको स्पष्ट पारेका छन् । एक अन्तर्वार्तामा आफूलाई खेल कति बेला छाड्ने भन्ने थाहा भएको जिकिर गरेका हुन् । राेहितले गत ८ मेमा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । त्यसपछि उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबारे पनि प्रश्न चिन्ह खडा भएको थियो ।
तर, रोहितले भने आफूहरूलाई कति बेला खेलबाट हट्नुपर्छ भन्ने स्पष्ट रूपमा थाहा भएको जिकिर गरेका छन् । ‘हिटम्यान’ उपनामले चर्चित खेलाडीले सन् २०२७ को एकदिवसीय विश्वकप खेल्छन् कि खेल्दैनन् भनेर केही पनि दाबी गरेनन् ।
उनले भने, ‘म कुनै कुरालाई हल्का रूपले लिएको छैन । हरेक कुरा यसरी नै चल्छ भनेर पनि नसोच्नुहोला । मैले २० या ३० रन बनाउँदै जानेछु र खेल्दे रहनेछु । जुन दिन मलाई मैदानमा मैले चाहेको जस्तो गर्न सकिरहेको छैन भन्ने लाग्छ, म खेल्न छाड्छु । यो पक्का हो । तर, अहिले मलाई थाहा छ, मैले जे गरिरहेको छु, त्यसले टोलीलाई मद्दत नै मिलिरहेको छ ।’
उनले आफ्नो टोलीले टी–२० विश्वकप नजितेको भए पनि संन्यास लिने खुलाए । ‘मैले धेरै प्रयास गरिसकेको थिएँ र विश्वकपपछि त्यसलाई जारी राख्न ठिक थिएन भन्ने मलाई थाहा थियो,’ उनले भने, ‘तपाईंले अरूलाई पनि मौका दिनुपर्ने हुन्छ । तर, जितेपछि तपाईँलाई आफूमा केही बाँकी छ भन्ने पनि लाग्छ । तपाईं राम्रो खेल्दै हुनुहुन्छ र नतिजा पनि दिँदै हुनुहुन्छ भने, किन नखेल्ने भन्ने पनि हुँदो रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण